LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना १० सालझण्डीमा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं साधारण एक कार्यक्रम बिच सम्पन्न भएको छ । बुधबार सालझण्डीमा भएको साधारण सभाले बिषयगत सहकारीहरुलाई मर्ज गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । साधारण सभाको एक समारोहका बीच बुधबार उदघाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सालझण्डी दुध उत्पादक सहकारीले आफूलाई विविधकरण गरेको बताउँदै यो सहकारीले दुधमात्रै बिक्री गर्ने नभै दुधका परिकार समेत बनाएर उपभोक्ताको मन जित्न सफल भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि यो सहकारीले यस क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा आफ्नो काम र भूमिका अघि बढाएको देख्न पाइयोस भन्ने शुभकामना दिनुभयो ।

त्यसैगरी मन्त्री ढकालले सालझण्डीमा एउटै लक्ष्य, एउटै उद्देश्य र एउटै गन्तब्य लिएर स्थापना भएका दुईवटा दुध उत्पादक सहकारीलाई मर्ज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुईवटा सहकारी मर्ज भएमा सहकारी बलियो हुने र सहकारी बलियो भए किसानहरु ढुक्क हुने अवस्था सिर्जना हुने भएकोले दुईवटा सहकारीलाई एक बनाउन आग्रह गर्नुभयो ।

सहकामरीका अध्यक्ष तिलकराम घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन समारोहमा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ पाण्डे,सालझण्डी मावि व्यवस्थापन समिति अध्यक्ष लोकमणि भट्टराईले सहकारीलाई अझै उन्नत र सफल बनाउनु पर्नेमा जोड दिदै शुभकामना दिनुभएको थियो ।

सोही अवसरमा पहिला खोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनाथ पाण्डेले दुध डायरीको बारेमा कविता बाचन गर्नुभएको थियो ।
सहकारीका उपाध्यक्ष सुरेन्द्रपूसाद रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा लेखा समिति संयोजक नविन घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपभोक्ता केदार सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

बार्षिक साधारण सभाको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यसैगरी सहकारीको उत्कृष्ट कर्मचारीको रुपमा रेशम भुजेललाई सम्मान गरिएको थियो भने सवैभन्दा धेरै दुध विक्री गर्ने दिपेन्द्र भण्डारी, रमेश घिमिरे, सिता कुँवर र अम्बिका रानालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी दुध तथा दुग्ध पदार्थ विक्री गर्ने २६ फार्म तथा व्यवसायी, पूर्व व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, उत्कृष्ट दुध तथा भाँडा सरसफाई गरेर ल्याउने किसान रबरिया थरुनी तथा गुणस्तरीय दुध ल्याउने स्मित्रा घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

साधारण सभाकै अवसरमा सहकारीलाई सहयोग गरेको भन्दै शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो ।
सहकारीले ५ करोड ८७ लाख ४७ हजार ७ सय ४४ रुपैयाको कारोबार गरि २५ लाख १२ हजार २ सय ९१ रुपैया शुद्ध नाफा गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय