LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

“विना शिक्षा अँध्यारो समाज, घर घरमा पु¥याऔं प्राविधिक शिक्षाको आवाज“ भन्ने नाराका साथ रुद्रपुर माध्यमिक विद्यालय कञ्चन ४ अस्नैया रुपन्देहीको ५० औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सवको तेश्रो दिन विद्यालयले विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।

पूर्व शिक्षकहरुलाई सम्मान गर्दै जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेले विद्यालयमा विद्यालयका अभिभावक र विद्यार्थीहरुको भावना अनुरुप शिक्षण कृयाकलापलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय देशका योग्य विद्यार्थीहरुकको पलायन भइरहेको अवस्थामा विद्यालय र समुदायले समयानुकुल शिक्षालाई अगाडी बढाउनु पर्ने अवस्था आएको बताउदै ईकाई प्रमुख बञ्जाडेले विद्यालयहरुले आफुलाई समयानुकुल परिवर्तनशिल बनाउदै जानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा स्वर्ण महोत्सव आर्थिक संकलन उपसमितिका संरक्षक केशरबहादुर खत्रीले विद्यालयको गुणस्तरीय र प्राविधिक शिक्षा संचालनका लागि आफु सदैव प्रतिवद्ध रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु प्रकाश आचार्य, विष्णुदत्त यादव, थमबहादुर सिंजाली, गोविन्द बेलवासे, राष्ट्रिय जनमुक्ती पार्टीका पूर्णबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गा बहादुर थापा लगायतले विद्यालयले निर्धारण गरेको प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्यलाई पुरा गर्न सफल बनोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्राविधिक शिक्षा बिकासका लागि आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सहयोगदाता, चन्दादाता, भूमिदातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय