LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बुटवल । नयाँ नेतृत्व चयन गर्दै प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । बिहिबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठान बुटवलमा सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक सुनार र माया केसी, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् भने कार्यसमिति सदस्यमा सुनिता चुदाली, नेत्र रुचाल, जगलाल नेपाली, रेशम अधिकारी लगायत रहेका छन् ।

सेन्टरको आठौ अधिवेशनले अध्यक्षको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डल संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्मा, जिल्ला इन्चार्ज सरु राना, पुर्व अध्यक्ष कमल रायमाझी लगायतले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्ने बनाउनुपर्ने बताए।

प्रेस सेन्टरले यहि माघ १६ देखि १७ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप हरेक पालिका र जिल्लामा अधिवेशन गरिसकेको प्रेस सेन्टरले लुम्बिनी प्रदेश अधिवेशन माघ ७ र ८ गते दाङमा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय