LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउँपालिका २ गौरीडाँडामा रहेको बकुलघाट गजेडी बजार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आगामी बर्षको बजेटमा गजेडी बजार तथा फूलबारी क्षेत्रमा अलग्गै खानेपानी टंकी तथा अलग्गै आयोजना निर्माणका लागि स्वीकृत गरेर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बोरिङबाट धमिलो खानेपानी आउने समस्या समाधानका लागि पनि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

खानेपानी संस्थाका अध्यक्ष ओमप्रकाश शर्माले यो क्षेत्रमा अति विपन्न नागरिक समेत खानेपानीको ग्राहक रहेकोले धेरै पैसा बिलिङ नगर्ने गरि आफूहरुले व्यवस्था मिलाएको बताउनुभयो । उहाँले खर्चमा समेत मितव्ययी बनाएर काम गराउँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय योगीकुटीका प्रमुख राजकुमार चौधरी लगायतले शुभकामना दिनुभएको थियो भने लेखा संयोजक धु्रव फुल्लेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष धनिश्वर शर्माले गर्नुभएको थियो भने संचालन सचिव दुर्गा शर्माले गर्नुभएको थियो । उपभोक्ताको तर्फबाट अनिल अर्यालले समेत बोल्नुभएको थियो । कार्यक्रममा निर्माणमा सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा खानेपानीको बिल नियमित तिर्ने ग्राहकलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय