LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका २ गौरीडाँडामा रहेको बकुलघाट गजेडी बजार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आगामी बर्षको बजेटमा गजेडी बजार तथा फूलबारी क्षेत्रमा अलग्गै खानेपानी टंकी तथा अलग्गै आयोजना निर्माणका लागि स्वीकृत गरेर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बोरिङबाट धमिलो खानेपानी आउने समस्या समाधानका लागि पनि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

खानेपानी संस्थाका अध्यक्ष ओमप्रकाश शर्माले यो क्षेत्रमा अति विपन्न नागरिक समेत खानेपानीको ग्राहक रहेकोले धेरै पैसा बिलिङ नगर्ने गरि आफूहरुले व्यवस्था मिलाएको बताउनुभयो । उहाँले खर्चमा समेत मितव्ययी बनाएर काम गराउँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय योगीकुटीका प्रमुख राजकुमार चौधरी लगायतले शुभकामना दिनुभएको थियो भने लेखा संयोजक धु्रव फुल्लेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष धनिश्वर शर्माले गर्नुभएको थियो भने संचालन सचिव दुर्गा शर्माले गर्नुभएको थियो । उपभोक्ताको तर्फबाट अनिल अर्यालले समेत बोल्नुभएको थियो । कार्यक्रममा निर्माणमा सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा खानेपानीको बिल नियमित तिर्ने ग्राहकलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय