LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिकाको आयोजनामा सैनामैना नगरपालिका ९ को पुरानो वडा कार्यालयमा सामुदायिक कुकुर नियन्त्रणको लागि आयोजना गरिएको तिन दिने खोप तथा बन्ध्याकरण शिबिर शुक्रबार सम्पन्न भएको छ ।

शिविरमा ३ सय ३ वटा भुस्याहा र सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप तथा २ सय ६० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । सैनामैना नगरपालिकाले यसअघि गत बर्षपनि सैनामैनामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्ध खोप लगाएको थियो ।

बन्ध्याकरण तथा रेविजविरुद्ध खोपको बिषयमा जानकारी दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा आयोजित यो अभियानबाट भुस्याहा कुकुर नियन्त्रण तथा सामुदायिक कुकुर बन्ध्याकरणमा सहयोग पुगेको बताउनुभयो ।केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको सहकार्यमा बन्ध्याकरण तथा खोप शिबिर सम्पन्न भएको हो ।

विहान ७ बजेदेखि साँझ ६ बजेसम्म संचालन भएको शिबिरमा सामुदायमै गएर कुकुरलाई नियन्त्रणमा लिई बाँसगढीमा भएको शिविरमा बन्ध्याकरण तथा खोप लगाइएको सैनामैना नगरपालिकाका पशु विकास अधिकृत इन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय