LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिकाको आयोजनामा सैनामैना नगरपालिका ९ को पुरानो वडा कार्यालयमा सामुदायिक कुकुर नियन्त्रणको लागि आयोजना गरिएको तिन दिने खोप तथा बन्ध्याकरण शिबिर शुक्रबार सम्पन्न भएको छ ।

शिविरमा ३ सय ३ वटा भुस्याहा र सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप तथा २ सय ६० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । सैनामैना नगरपालिकाले यसअघि गत बर्षपनि सैनामैनामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्ध खोप लगाएको थियो ।

बन्ध्याकरण तथा रेविजविरुद्ध खोपको बिषयमा जानकारी दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा आयोजित यो अभियानबाट भुस्याहा कुकुर नियन्त्रण तथा सामुदायिक कुकुर बन्ध्याकरणमा सहयोग पुगेको बताउनुभयो ।केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको सहकार्यमा बन्ध्याकरण तथा खोप शिबिर सम्पन्न भएको हो ।

विहान ७ बजेदेखि साँझ ६ बजेसम्म संचालन भएको शिबिरमा सामुदायमै गएर कुकुरलाई नियन्त्रणमा लिई बाँसगढीमा भएको शिविरमा बन्ध्याकरण तथा खोप लगाइएको सैनामैना नगरपालिकाका पशु विकास अधिकृत इन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय