LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 31;

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवा मा शनिवारदेखी भब्यताका साथ चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिती रुपन्देहीका सयोंजक उमाकान्त चपाईले मुलुकलाई चिनाउने पहिलो माध्यम अहीले खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको बिकासकालागी सवै पालिकाहरुले लगानी बृद्धी गर्नुपर्ने बताए ।

पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखन थालेको उल्लेख गर्दै उनले यो सकारातम भएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले स्वस्थ्य शरिरवाट मात्रै स्वस्थ्य मतिष्कको बिकास हुनेहुँदा बिद्यार्थीको सर्वाङ्खीक बिकास गर्न प्रतियोगिता आयोजना रिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए ।

उपप्रमुख उमा अधिकारीले खेलले विद्यार्थीलाई लनसिशल र अनुुसासित बनाउने चर्चा गर्दै अनुुसासनलेनै मानिसलाई सफल बनाउने बताईन् । तिनदिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभाीता रहेको छ । खेल उद्घाटन पुर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक बिद्यालयको खेल मैदानमा झाकी सहितको मार्चपास गरेका थिए ।

मार्चपासका अमर ज्योति माध्यमिक प्रथम, मुनलाई मावि द्धीतीय र सुसस्कृत मावी तृतीय भएका थिए । उनिहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेका छन् ।

प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागीता रहेको युवा, शिक्षा तथा खेलकुुदा शाखाका प्रमुख चेतनसिश लम्सालले जानकारी दिए । त्यस्तै कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको छ ।

तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता छ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता रहेको छ । प्रतियोगिता अवधिभर ४२ वटा ईभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहनेछ ।

सबै ईभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानवी पाण्डेले बताईन् । कार्यक्रममा वडा नं ६ का बडा अध्यक्ष विरेन्द्र श्रीवास्तव, शिक्षा समिती सदस्य मोतिलाल सुवेदी, गोकुुल पोखरेल, वेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक विना भण्डारी लगायतले बोलेका थिए । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथि, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 32;

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय