LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकामा माघी पर्वको अवसरमा आयोजित तीन दिने माघी महोत्सव शनिवार सम्पन्न भएको छ । थारु कल्याणकारी सभा सैनामैनाको आयोजनामा पुस २५ देखि २७ गते शनिवारसम्म सैनामैना ७ कलौनी चोकमा तीन दिने माघी महोत्सव आयोजना गरिएको थियो ।

थारु कल्याणकारी सभा सैनामैना रुपन्देहीले तीन दिने कार्यक्रम गरि यो बर्षको माघी अर्थात खिचडी महोत्सव आयोजना गरेको हो ।
माघी महोत्सवको अन्तिम दिन आयोजित समापन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिलेपनि थारु समुदायको गाउँहरु अत्यन्त बिकट, पिछडिएको अवस्थामा रहेको बताउँदै थारु समुदायको लागि सुख सुविधा अपर्याप्त रहेको बताउनुभयो । उहाँले सिकलसेल एनिमिया र थालसेमियाबाट थारु समुदायका मानिसहरु पीडित रहेको उल्लेख गर्दै आयोजित स्वास्थ्य शिविरबाट स्वास्थ परिक्षण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका निबर्तमान प्रमुख चित्रबहादुर कार्कीले माघीको अवसरमा सैनामैनाका सम्पूर्ण थारु समुदायका आमा बुबा, दाजुभाई, दिदी बहिनीहरुमा शुभकामना दिनुभयो ।

थारु कल्याणकारी सभाका सैनामैना अध्यक्ष दुलबहादुर थारुले माघी महोत्सवको अवसरमा आयोजित तीन दिने कार्यक्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको, विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको बताउनुभयो ।

महोत्सवलाई आकर्षक वनाउन थारु समुदायको लोकप्रिय झुमडा, झर्रा, सोरठी, बडका तथा लाठी नाच प्रदर्शन गरिएको थियो ।
त्यसैगरी थारु समुदायको मौलिक एवं परम्परागत खानाका रुपमा रहेको घोगी, अनदीको भुजा, पतुसनी, ढिकरी, माछाका परिकार र रोटी लगायतका परिकार माघी महोत्सवमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय