LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा रुपन्देहीको २२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन एक समारोहका बीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख शर्माले रेडक्रस जस्तो महान सेवामूलक काममा जोडिएका रेडक्रसकर्मीहरुले आगामी दिनमा पनि समाजको विकासमा योगदान दिन कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।

साधारण सभाको अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा रुपन्देहीकी अध्यक्ष मिना शर्माले आगामी दिनमा रेडक्रसले गर्ने कार्यक्रमको बिषयमा जानकारी दिदै सैनामैनामा रेडक्रस बाटिका स्थापना गर्ने, रक्तदान कार्यक्रम गर्ने, विद्यार्थी लक्षित विभिन्न प्रतियोगिता संचालन गर्ने, सशक्तीकरणका तालिम संचालन गर्ने, विभिन्न दिवसमा शैक्षिक सामाग्री वितरण गर्ने, गरिव, बिपन्न तथा असहायहरुको सहयोगका लागि अक्षयकोष स्थापना गर्ने बताउनुभयो ।

उहाँले आफुनो नेतृत्वमा विगतमा दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम गरिएको, विद्यालयमा मास्क वितरण गरिएको, रक्तदान कार्यक्रम संचालन गरेको, बोलबम मन्दिरमा सरसफाई गरेको, बक्तृत्वकला प्रतियोगिता गरेको, अटिजम सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको र शिक्षक नायक गोष्ठी लगायतका कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।

रेडक्रसले यो बर्षको शीतलहरका कारण प्रभावित असहायहरुलाई २० वटा कम्बल समेत वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा रुपन्देहीकी अध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, सैनामैना ब्यापार संघका कार्यबाहक अध्यक्ष देबीदत्त सुवेदी, रामनगर सहकारीका अध्यक्ष प्रेमबहादुर खडका, रेडक्रस सैनामैनाका निवर्तमान सभापति दिनेश पौडेल, पूर्व सभापति लोकनाथ अधिकारी, संस्थापक सभापति प्रेमबहादुर बानिया, जनप्रतिनिधि तेजेन्द्र सुवेदी लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय