कञ्चन गाउँपालिकामा रहेको मलावरदेवी साँडी झारबैरा रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कञ्चन ३, गैडहवा १ रुपन्देहीको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको शुक्रवार एक समारोहका बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उदघाटन गर्नुभएको थियो ।
त्यस अवसरमा मन्तब्य ब्यक्त गर्दै मन्त्री ढकालले प्रदेश सरकारले प्रदेशका नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउँदै सोही अनुसार बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले मलावरदेवी साँडी झारबैरा रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई गुणस्तरीय खानेपानीको सेवा उपलब्ध गराउन सफल भएकोमा शुभकामना दिदै उपभोक्ताको हितलाई ध्यान दिएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।



कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले विगतमा खानेपानीको समस्याका कारण स्थानीयले धेरै दुःख पाएपनि खानेपानी सेवा उपलब्ध भएपछि जनताको सास्तीको दिन सकिएको बताउनुभयो ।
मलावरदेवी साँडी झारबैरा रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष युवराज शर्माको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको अवसरमा कञ्चन ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, गैडहवा १ का वडा अध्यक्ष प्रदिपकुमार चौधरी, रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नामबहादुर केसी, मलावरदेवी माध्यमिक विद्यालयका अध्यक्ष शशिधर सापकोटा लगायतले बोल्नुभएको थियो ।
मलावरदेवी साँडी झारबैरा रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रवि पौडेलले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष युवराज शर्माले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।




