LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धित निकायले भार मापनमा लापरवाही गर्दा बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भारवाहन गरि भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको बिनय खोलाको पुल भाचिएको भन्दै भार मापनमा लापरवाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको छ । महासंघले भारतीय मालबाहक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।

त्यस्तै, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताउनुभयो ।त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपपर्ने महासंघले जनाएको छ । त्यस्तै नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राख्निुपर्ने सुझाव दिएको छ ।

यही पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा विनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय