LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंं ४ स्थित राधाकृष्ण टोलमा आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले भैरहेको श्रीमदभागवत कथा ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरतीमा धर्मानुरागीहरुको बढ्दो सहभागिताले आयोजकहरु उत्साहित भएका छन ।
नेपालकै प्रथम जगतगुरु मोहनशरण देवाचार्य, ब्यासाचार्य धर्म गुरु किशोरकुमार गौतम, बाल सन्त कृष्णदासजी र बाबा योगीराजको उपस्थितिले महायज्ञमा विशेष उत्साह थपेको छ ।

राधाकृष्ण मन्दिर तथा उद्यान परिसरमा माघ १ गतेदेखि आयोजित महायज्ञमा ख्यातीप्राप्त विद्वानहरुले सहभागिता जनाएका छन । ७ गतेसम्म हुने महायज्ञका अवसरमा राधाकृष्ण मुर्तिको प्राण प्रतिष्ठा समेत हुने कार्यक्रम समेत छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक रामप्रसाद गौतमले आध्यात्मिक ध्यान केन्द्र बनाउन सहयोग जुटाउने, समाजमा धार्मिक सांस्कृतिक र नैतिक चेतना फैलाउने तथा युवा पुस्तालाई धार्मिक र सांस्कृतिक कार्यक्रममा जोड्दै समाजको विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा दर्शनार्थी भक्तजनको ठूलो सहभागिता रहेको बताउँदै यसबाट आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

त्यसैगरी महायज्ञ मूल आयोजक समितिका महासचिव लालप्रसाद पंगेनी कृष्णले महायज्ञमा नेपालकै ख्यातीप्राप्त गुरुहरुको आगमनले आफूहरुलाई उत्साहित बनाएको बताउँदै महायज्ञमा कथा सुन्ने दर्शनार्थीहरुको उपस्थिति समेत बढेकोले महायज्ञ जुन उद्देश्यले गरिएको हो, त्यो लक्ष्य पूरा हुने आशा बढेको बताउनुभयो ।

महायज्ञको प्रमुख बाचकमा अन्तर्राष्ट्रिय कथाबाचक आचार्य विष्णुप्रसाद ज्ञवाली रहनुभएको छ ।
प्रमुख कथाबाचक ज्ञवालीले प्ुस महिनाभरी देवताहरु सुतेको अवस्थामा हुनुभएको र माघ लागेपछि देवताहरु जाग्नुभएकोले माघ महिनाको अवसर पारेर राधाकृष्ण मुर्तिको प्राण प्रतिष्ठाका लागि सवै साईतको लग्न हेरेर महायज्ञको शुभारम्भ गरिने बताउनुभयो ।

महायज्ञकै अवसरमा अन्तर्राष्ट्रिय योग प्रशिक्षक ऋषि न्यौपानेले योग ध्यानको बिषयमा जानकारी दिनुका साथै सकारात्मक जीवनको बिषयमा प्रबचन पनि दिनुभएको छ । यसैगरी महायज्ञकै अवसरमा हरेक दिन श्रीमदभागवत कथा बाचन र साँझमा महाआरती र भजन किर्तन भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय