LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको सैनामैना नगरपालिका ८ शान्तिटोल स्थित गणेशटोलमा गणेश पुराण महायज्ञ विहिबारदेखि सुरु भएको छ ।
महायज्ञकै अवसरमा सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, चौरासी पुजा, तुलादान, गौदान, लघुरुद्री तथा लाखबत्ती प्रज्वलन र अखण्ड किर्तनको कार्यक्रम समेत हुने भएको छ ।

महायज्ञमा प्रमुख कथाबाचकको रुपमा आध्यात्मिक प्रखरबक्ता गुरु ऋषिकेश उपाध्याय रहनु भएको छ भने उपबाचकमा गुरु सुदर्शन रहनुभएको छ । महायज्ञ शुभारम्भको अवसरमा बोल्दै विशिष्ट अतिथी राजयोगिनी कमला दिदीले समाजलाई सतमार्गमा अघि बढाउन, असल चिन्तन र अभ्यास सिर्जना गर्न महायज्ञको ठूलो भूमिका रहेको बताउनु भयो । उहाँले जुन उद्देश्यका साथ महायज्ञ सुरु भएको छ, यसमा सफलता प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।

महायज्ञको कार्यक्रम संचालन सागर लम्सालले गर्नुभएको छ भने कमला अधिकारी संकल्पकर्ता रहनुभएको छ । त्यसैगरी शृंगारिक आरतीमा दुर्गाप्रसाद भट्टराई संयोजनको भूमिकामा रहनुभएको छ । महायज्ञकै अवसरमा मोहन काफ्ले, राम थापा, चन्द्र बराल मगर र पोषण श्रेष्ठले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय