LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नः १ आदर्शपथस्थित सैनामैना मेमोरियल स्कुलमा बिहिबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजित कार्यक्रमको उदघाटन विद्यालयका प्राचार्य डि. बि. खत्री, प्रवन्ध निर्देशक जे.बि. क्षेत्री, सहप्राचार्य पदम अर्याल तथा शैक्षिक सल्लाहकार लिलाधर घिमिरेद्वारा संयुक्त रुपमा गरिएको थियो ।

खेल सप्ताहको उदघाटनको क्रममा बोल्दै प्राचार्य डिबी खत्रीले विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गराउनको लागि यो खालको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

खेलकुदका कार्यक्रमले विद्यार्थीहरुमा शारीरिक तथा मानसिक पक्षको मात्र नभई चौतर्फी विकासको भूमिका खेल्ने र विद्यार्थी जीवनमा खेलिएका खेलले समग्र जीवनमा उत्साह र उमङ्ग थपिने उहाँले बताउनुभयो ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा अन्तर सदनात्मक र विभिन्न तहगत गरी बेलुन ब्लास्ट, इन– आउट, स्पुन रेस, थ्रि लेग रेस, म्याथ म्याटिकल रेस, कुर्सी दौड, तातो आलु, ब्याडमिन्टन , टेवल टेनिस, हाइजम्प, लङ्जम्प, सटपुट, दौड, रिले दौड तथा भलिबल लगायतका खेलकुद गराइने छ ।

उक्त प्रतियोगिताबाट ७५० जना विद्यार्थीले मेडल जित्ने अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय