LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

न्यू होराइजन मावि बुटवलको आयोजनामा भएको ३१ औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४० अंक सहित एभरेष्ट प्रथम भएको हो ।

यस्तै ३८० अंक सहित दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल दोस्रो र ३ सय अंक सहित जनता मावि तानसेन पाल्पा तेस्रो भएका छन् । यस्तै पाल्पा रामपुरको रामतुल्सी मावि, अक्सफोर्ड मावि बुटवल र माउन्ट भ्यू बोर्डिङ घारोही दाङ सान्त्वना भएका छन् ।

फाइनलमा प्रथम भएको विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीयले २५ हजार र तृतीयले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाणपत्र पाएको हाजिरीजवाफ प्रतियोगिताका संयोजक मुक्तिनाथ पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको शैक्षिक विकाससंगै खेलकुद र अतिरिक्त क्रियाकलापमा निजी शिक्षण संस्थाहरूको ठूलो लगानी रहेपनि राज्यले निजी शिक्षण संस्थालाई भेदभाव र सौतेलो व्यवहार गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय