LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

न्यू होराइजन मावि बुटवलको आयोजनामा भएको ३१ औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४० अंक सहित एभरेष्ट प्रथम भएको हो ।

यस्तै ३८० अंक सहित दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल दोस्रो र ३ सय अंक सहित जनता मावि तानसेन पाल्पा तेस्रो भएका छन् । यस्तै पाल्पा रामपुरको रामतुल्सी मावि, अक्सफोर्ड मावि बुटवल र माउन्ट भ्यू बोर्डिङ घारोही दाङ सान्त्वना भएका छन् ।

फाइनलमा प्रथम भएको विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीयले २५ हजार र तृतीयले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाणपत्र पाएको हाजिरीजवाफ प्रतियोगिताका संयोजक मुक्तिनाथ पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको शैक्षिक विकाससंगै खेलकुद र अतिरिक्त क्रियाकलापमा निजी शिक्षण संस्थाहरूको ठूलो लगानी रहेपनि राज्यले निजी शिक्षण संस्थालाई भेदभाव र सौतेलो व्यवहार गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय