LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सफा पानी पिउ, स्वच्छ जिवन जिउ भन्ने मुलनाराका साथ स्थापना भएको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैना वडा नम्बर १ र २ को ११ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताको मागका आधारमा खानेपानी बितरण गर्दै आएको बताउँदै उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै गर्दा स्वच्छ खानेपानीसंगै सरसफाईलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा सैनामैना नगरपालिकाका संस्थापक नगर प्रमुख चित्रबहादुर कार्कीले समितिले खानेपानीसंगै फोहोर व्यवस्थापनमा पनि ध्यान दिनेगरी स्थानीय उपभोक्तालाई सकृय बनाउनुपर्ने बताउनु भयो । उहाँले जनसंख्या बृद्धिसंगै बसाईसराई समेत बढेकोले पानीको अभाव पूर्ति गर्न पृथ्वी तल रहेको पानी सही ढंगले उपयोग गर्ने बिषयमा सवैको ध्यान जानुपर्ने बताउँदै घरबाट निस्केको फोहोर पानीलाई पुनः प्रयोग गर्नेगरी प्रशोधन गरेर खेतबारीमा लगाउने बिषयमा अवको दिनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका डिभिजन प्रमुख राज कुमार चौधरीले सरकारले पनि खानेपानीलाई मौलिक अधिकारको रुपमा घोषणा गरेको स्मरण गर्दै सैनामैना आसपासमा रहेका ससाना खानेपानीलाई मर्ज गरि व्यबस्थित बनाउन स्थानीय र प्रदेश सरकारले नियमन गरेर जानुपर्ने बताउनुभयो । साधारण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीले सगुनघारी खानेपानी आयोजनाको कम्पाउन्डमा रिचार्जेबल पोखरी निर्माण गर्ने र उपभोक्तहरुको स्वास्थलाई ख्याल गर्दै क्यान्सर, मृगौला र मुटुका बिरामीलाई ५ हजारका दरले सहयोग गर्ने लक्ष्य राखेको बताउनुभयो ।

सैनामैनाका विद्यालयमा निशुल्क खानेपानी बितरण गर्दै आएको बताउदै उहाँले सरकारले हाल २५ प्रतिशत कर लिने गरि नीति पास गरेको र त्यो नीतिले सर्ब साधारण ठूलो भार पर्ने बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्री, पुर्ब अध्यक्ष कमला विश्वकर्मा, बुद्धटोल बिकास संस्थाकी अध्यक्ष सिता भट्टराई, दुर्गाभवानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी भुसाल, पर्रोहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजबहादुर क्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेशका महासचिव सालिकराम भण्डारी लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा निबर्तमान संचालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको साधारणसभाको उदघाटन सत्रको स्वागत संस्थाका उपाध्यक्ष बाबुराम ज्ञवालीले र संचालन सचिव सुशील भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय