LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ८ शान्तिटोल स्थित गणेशटोलमा विहिबारदेखि सुरु भएको गणेश पुराण महायज्ञमा श्रद्धालु भक्तजनको सहभागितामा उल्लेख्य बृद्धि भएको छ ।

महायज्ञमा सैनामैनाका श्रद्धालु भक्तजनको बढ्दो सहभागिताले आयोजकहरु उत्साहित भएका छन ।
महायज्ञमा प्रमुख कथाबाचकको रुपमा आध्यात्मिक प्रखरबक्ता गुरु ऋषिकेश उपाध्याय रहनु भएको छ भने उपबाचकमा गुरु सुदर्शन रहनुभएको छ ।

महायज्ञकै अवसरमा शनिवार मुक्तिनाथ धाम नयाँगाउँ रुपन्देहीका १००८ स्वामी ब्रम्हनिष्ट सन्तशिरोमणी लोकानन्दजी महाराज लगायत अन्य गुरुहरुको सहभागिताले महायज्ञको थप रौनक र शोभा बढाएको छ ।
महायज्ञमा सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, चौरासी पुजा, तुलादान, गौदान, लघुरुद्री तथा लाखबत्ती प्रज्वलन र अखण्ड किर्तनको कार्यक्रम भैरहेको छ ।

महायज्ञको कार्यक्रम संचालन सागर लम्सालले गरिरहनु भएको छ भने कमला अधिकारी संकल्पकर्ता रहनुभएको छ । त्यसैगरी शृंगारिक आरतीमा दुर्गाप्रसाद भट्टराईले संयोजनको भूमिका निर्वाह गर्नुभएको छ ।

महायज्ञकै अवसरमा मोहन काफ्ले, राम थापा, चन्द्र बराल मगर र पोषण श्रेष्ठले गीत संगीत प्रस्तुत गरेर भक्तजनलाई धार्मिक कार्यक्रममा उत्साहित बनाउँदै आउनुभएको छ ।

यसअघि महायज्ञ शुभारम्भको दिन राजयोगिनी कमला दिदीले समाजलाई सतमार्गमा अघि बढाउन, असल चिन्तन र अभ्यास सिर्जना गर्न महायज्ञको ठूलो भूमिका रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय