LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत एचपिभि खोप अभियान २०८१ को सन्दर्भमा मंगलवार विद्यालयका प्रधानाध्यापक र संचारकर्मीहरुका लागि लक्षित गरि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रुपमा यही माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन गर्न लागेको छ । सैनामैनामा भने एच.पि.भी.खोप अभियान यही माघ २२ गतेदेखि २७ गतेसम्म लगाउने कार्यक्रम तय भएको छ ।

सोही सन्दर्भमा सैनामैना नगरपालिकामा पनि अभियान सफल बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हामी नेपालीहरु रोग लागेपछि उपचार गर्ने पद्धतीमै बढी लक्षित रहेको बताउँदै रोग लाग्नै नदिने प्रतिरोधात्मक पद्धतीतर्फ अवको दिनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु रोगबाट बच्ने उत्तम उपाय रहेकोले यसलाई चरितार्थ गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले बालिकाहरुका लागि लक्षित पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप अभियानलाई सफल बनाउन सवैसंग आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निशुल्करुपमा राष्ट्रिय खोप अभियान संचालन हुँदैछ ।
सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तकुमार श्रेष्ठले महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भबिष्यका कर्णधारको रुपमा रहेका छात्राहरुलाई पूर्णरुपमा बचाउनको लागि यो खोप प्रभावकारी हुने भएकोले लक्षित समूहका कोही पनि बालिका यो अभियानमा नछुटुन भन्ने उद्देश्यले खोप अभियानमा सवैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सैनामैनामा यो अभियानलाई प्रभावकारी बनाउन सवै विद्यालय, अभिभावक, संचारकर्मी लगायतले खोपको बिषयमा आम नागरिकसम्म जानकारी दिन र खोपबाट कोही पनि बालिकाहरु नछुटुन भन्नेतर्फ ख्याल गर्न आग्रह गरिएको छ ।

कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र बिद्यालय नजाने १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यतः बिद्यालय केन्द्रित खोप केन्द्रबाट एच.पि.भी. खोप दिईदैंछ । सैनामैनामा ४ हजार ५ सय २४ किशोरी तथा छात्राहरुलाई खोप लगाइने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय