LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रूपन्देहीको देवदहमा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मङ्गलबार महोत्सव सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले महोत्सवको प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ १० देखि २२ सम्म सञ्चालन हुने महोत्सवको बिहीबार बृहत ¥यालीसहित नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने जनाईएको छ ।

महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रदर्शनी लगायत दुई सय ५८ स्टलहरू रहने छन् । महोत्सव छ लाख दर्शकले अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत÷लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पन्चे बाज प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय