रूपन्देहीको देवदहमा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
मङ्गलबार महोत्सव सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले महोत्सवको प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।



देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ १० देखि २२ सम्म सञ्चालन हुने महोत्सवको बिहीबार बृहत ¥यालीसहित नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने जनाईएको छ ।
महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रदर्शनी लगायत दुई सय ५८ स्टलहरू रहने छन् । महोत्सव छ लाख दर्शकले अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत÷लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पन्चे बाज प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन्




