LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको रुद्रपुर धमिनाताल सामुदायिक वन उपभोक्ता समूह कञ्चन ३ र ४ सोंगा रुपन्देहीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा समूहका अध्यक्ष पार्वती घर्ति मगरले समूहको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जानका भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

समूहको साधारण सभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि संस्थाको संस्थागत बिकास संस्थाले संचालन गर्ने विभिन्न कृयाकलापको पारदर्शिता र सामाजिक उत्तरदायित्व बहनले निर्धारण गर्ने बिचार व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकालले सामाजिक संघ संस्थाहरुले आफुलाई समस्या पर्दामात्र नभई सहज हुँदा समेत हरेक पक्ष र सरोकारवालाहरुसंगको सहकार्य र समन्वयलाई बिर्सन नहुने बताउनु भयो।

यसैगरी डिभिजन वन कार्यालय जिल्ला वन अधिकृत प्रबिन बिडारीले सामुदायिक बनको संरक्षण समिति र कर्मचारीहरुको मात्र नभई बनबाट प्रत्यक्ष फाइदा लिने सम्पुर्ण उपभोक्ताहरुको समेत अनिवार्य जिम्मेवारी भएको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कन्चन गाउँपालिका कार्यपालिका सदस्य सुशिला थापा, नेपाली कांग्रेस कञ्चनका सभापति देविराम रेग्मी, नेकपा एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष भानुभक्त भण्डारी, नेकपा एमाले कञ्चन गाउँ कमिटि सचिव उमा गौतम ढकाल, सल्लाहकार यमबहादुर क्षेत्री, दिपक पौडेल, रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, मलावरदेवी माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शशीधर सापकोटा, जेसीआई कञ्चन वर्ष २०२५ का अध्यक्ष प्रकाश उपाध्याय पौडेल, सल्लाहकार लगायतले शुभकामना दिनुभएको थियो ।
३ हजार भन्दा बढी उपभोक्ता रहेको समूहको साधारण सभा संस्थाका उपाध्यक्ष ठाकुर गौतमको स्वागत तथा संस्थाका सचिव नारायणप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय