मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि मणिग्राममा सञ्चालन भइरहेको महायज्ञमा तिलोत्तमा–५ मणिग्राम निवासी १०० वर्षीय तिलप्रसाद भट्टराईले १५ हजार ५ रूपैयाँ दान गर्नु भएको छ ।
विभिन्न टोल विकास समिति, स्कूल, सहकारी संस्था, आमा समुहहरूले उत्साहजनक सहभागिता जनाउदै दान गर्ने क्रम जारी रहेको छ ।
त्यसैगरी महायज्ञमा एकजना दाताले गोप्य दानमार्फत सहयोग गर्नुभएको छ ।



शुक्रबार तिलोत्तमा–५ मणिग्राम निवासी मनकारी दाताले पतिको स्मृतिमा १ लाख ११ हजार १ सय रूपैयाँ दान गर्नुभएको हो । नाम नखुलाउने शर्तमा उहाँले सो रकम प्रदान गर्नुभएको आश्रमले जनाएको छ ।
उहाँले मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही शाखाको स्तरोन्नतिका लागि महायज्ञमा दान गर्नुभएको हो । साथै उहाँले भोलि शनिबार महायज्ञमा एकदिनको भोजन सौजन्य गर्नुभएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ अन्नपूर्ण टोल निवासी परोपकारी दाताले ३५ हजार रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरी महायज्ञको सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सो रकम प्रदान गर्नुभएको हो ।
भागवत भास्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गरिरहनु भएको महायज्ञ तिलोत्तमा–५ मणिग्राममा माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।




