LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चनमा माघ २२ गते देखि १० बर्ष देखि १४ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी संक्रमणबाट हुने पाठघरको मुखको क्यान्सरको जोखिम विरुद्धको एच.पी.भि.खोप लगाउने अभियान शुरु हुने भएको छ ।

कञ्चन गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकाहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा एच.पी.भि. खोप अभियानबारे जानकारी गराइएको हो।

हरेक बर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको र उक्त समस्यालाई न्ययुनिकरण गर्ने उद्धेशयका साथ नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत नेपालका कक्षा ६ देखि १० कक्षामा अध्यनरत १० बर्ष देखि १४ बर्ष उमेर समूहका लागि एच.पी.भि.खोप लगाइने भएको हो ।

एच.पी.भि.खोप अभियान सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनीधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार तथा सञ्चारकर्मीहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको थियो ।

खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले संचालन गर्न लागेको राष्ट्रिय अभियानलाई कञ्चनका सबै पक्षहरुबाट सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय