LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाली कांग्रेसको सय दिने राष्ट्रिय अभियान मंगलबार रुपन्देहीको सैनामैना नगरपालिका नगरपालिका वडा नंं. ८ स्थित सतचिन्तन प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सैनामैना रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले नेपाली कांग्रेसले सुरु गरेको सय दिने अभियानले नेपाली कांग्रेसमा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले अहिले केन्द्रदेखि गाउँसम्मै जागरण अभियान कार्यक्रम संचालन गरेर देशको अवस्था, पार्टीका नेता कार्यकर्तादेखि जनताको कांग्रेसप्रतिको धारणा बुझ्ने प्रयास गरेको बताउँदै यसले कांग्रेसलाई सांगठनिकरुपमा पनि बलियो बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का पूर्व सांसद भरतकुमार शाहले नेपाली कांग्रेसले सुरु गरेको यो अभियानले नेपाली कांग्रेसका नेतादेखि कार्यकर्तासम्म नयाँ उत्साह सिर्जना गरेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसमा अझैपनि यस प्रकारका जागरणका कार्यक्रम आवश्यक रहेको बताउँदै यो अभियानले पार्टीको संगठनलाई थप सशक्त र बलियो बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका पूर्व सभापति तथा सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले कांग्रेसको सय दिने अभियानका बिषयमा बोल्नुभएको थियो ।

नेपाली कांग्रेस सैनामैनाकी उपाध्यक्ष लक्ष्मी आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य गंगा शाही, लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायत दुईसय बढी कांग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय