LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियान अन्तर्गत १ हजार ३ सय जनाभन्दा धेरै नेपाली निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३ सय ६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीको संख्या सार्वजनिक गरेको हो ।

अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३ जना, मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन् । यस्तै चीनका ३७ हजार ९ सय ८ जना र भारतका १७ हजार ९ सय ४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा ३ लाख जनाभन्दा धेरै नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाख जनाले ग्रीनकार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् । २० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । ७ हजार ५ सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।

अमेरिकाको अध्यागमन र भन्सार प्रवद्र्धन कार्यालयले १ हजार ३ सय जनाभन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले १ करोड २० लाख जना अवैध आप्रवासी रहेका छन ।
तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार जना अनधिकृत आप्रवासी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय