LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बाँकेमा सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताउनु भयो ।

यस्तै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षको स्वीकृत वार्षिक कार्यक्रम र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर सहि ढंगले कार्यान्वयनको गति बढाएको बताउनुभयो ।

बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजना बारे जानकारी गराउनुभएको थियो ।
यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरुमा सुझाव दिन समय कुर्नु नपर्ने दावी गर्नुभयो ।
उहाले कतै कमि कमजोरी भेटाउनु भएको छ र देख्नु भएको छ भने सुझाव दिन समय कुर्नु पर्दैन भन्दै सिधैं भन्न सक्नुहुन्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय