LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा पहिलोपटक महापरित्राण पाठ शुरु भएको छ । नेपाल मगर बुद्ध सेवा समाज लुम्बिनी प्रदेश समितिको आयोजना तथा मंगल नालन्दा बुद्ध विहार व्यवस्थापन समितिको व्यवस्थापनमा माघ २० गतेसम्म उक्त पाँच दिवसिय महापरित्राण पाठ शुरु भएको हो।

सम्पूर्ण प्राणी जगतको सुख, शान्ति, समृद्धि सुस्स्वास्थ्य र दीर्घायुको कामना गर्दै ५ दिनसम्म संचालन हुने महापरित्राण पाठ कार्यक्रममा दैनिक बिहान ८ः०० बजे देखि सांझ ५ः०० महापरित्राण पाठको परिचयात्मक उपदेश, भन्तेहरुलाई भोजन, अतिथिहरुलाई भोजन, (बुद्धभजन) धर्मदेशना, महापरित्राण पाठ, अष्टपरिष्कार दान, पून्यानुमोदन कार्यक्रम हुनेछ।
महापरित्राण पाठको पहिलो दिन स्थानीय संघ, संस्था, आमा समूह, क्लव तथा शान्तिप्रेमीहरु सहित शान्ति पदयात्रा समेत संचालन गरिएको थियो ।

महापरित्राण पाठका लागि शान्तिभूमि लुम्बिनी, अन्तराष्ट्रिय बुद्ध परियति उदय बिहार बुटवल, धर्मदेशना बुद्ध बिहार सहित बिभिन्न देशहरुबाट आएका भन्ते तथा भिक्षुहरुले महापरित्राण पाठ वाचन गर्ने मंगल नालन्द बुद्ध विहार व्यबस्थापन समितिको अध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिनुभएको छ ।

थेरवाद बौद्ध परमपरा अनुसार हुने पवित्र महापरित्राण पाठको पहिलो दिन बिहान ८ बजे शान्ति पदयात्रामा स्थानीय आमा समूह, क्लव, संघ संस्थाहरु तथा भन्ते र भिक्षुहरुको सहभागिता रहेको मंगल नालन्द बुद्ध विहार व्यवस्थापन समितिका कोषाध्यक्ष भैरव बहादुर थापा मगरले जानकारी दिनु भएको छ।

रुपन्देहीको कंचन गाउंपालिका वडा नम्बर ४ तल्लो अस्नैयामा रहेको मंगल नालन्द बौद्ध विहारमा सञ्चालन हुने महापरित्राण पाठ कार्यक्रमलाई भव्य एवं सभ्यरुपमा सफल बनाउन सम्पूर्ण मैत्री एवं धम्महरुलाई उपस्थित भई पुण्य सञ्चय अर्थात पुण्य लाभ लिन समेत कोषाध्यक्ष भैरव बहादुर थापा मगरले आग्रह गर्नुभएको छ ।
महापरित्राण पाठको प्रमुख वाचकको रुपमा अन्तराष्ट्रिय बुद्ध परियति उदय बिहारका मुख्य भन्ते आनन्द स्थविर धम्मचार्य र धर्मशिला बुद्ध बिहारका मुख्य भन्ते धजवन्तले पाठ गर्ने नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेश समितिका अध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय