नेकपा माओवादी केन्द्रले संंसद बैठकमा प्रमुख प्रतिपक्ष दलको हैसियतले सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।
उहाँले संसदीय दलको अध्यक्षले सात दलको ५ बुँदे सहमतिलाई जानकारी गराउनुभएको छ । त्यसैको आधारमा भोलिबाट सुरु हुने बैठकमा प्रस्तुत हुने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको पाण्डेको भनाई छ
त्यसैगरी माओवादीले सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकालेको छ ।
संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै, भोलि शुक्रबारबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।



पाण्डेले भन्नुभयो – ‘हाम्रो दुईवटा जिम्मेवारी छ । एउटा त आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज संसदमा उठाउने । सँगै विपक्षी दलहरूलाई पनि लिएर सामूहिक रुपमा आवाज बुलन्द गर्ने ।




