LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताउनु भएको छ ।

कपिलवस्तुस्थित आनन्दनगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पार्नु भयोे ।

उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ, उहाँले भन्नुभयो– सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ ।
सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो– सरकारले सुशासन कायम गर्ने बिषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको छ । प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको छ । प्रदेश स्थापनाले जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्न सफल भएको छ ।

उहाँले संघीयतालाइ बलियो र स्थापित गर्न तिन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरि अघि बढ्नुनै आजको आवश्यकता भएको बताउनु भयो ।
एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय