LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

पाल्पाबाट यो वर्ष ५२ करोड बढी मुल्यका सुन्तला बिक्री भएको छ । जिल्लाको ६ पालिकाका किसानले यो वर्ष ५२ करोड बढी मुल्यका सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

गत वर्ष पाल्पाबाट ४६ करोड सात लाखको सुन्तला बिक्री गरेका किसानले यो वर्ष ५२ करोड ७६ लाखको सुन्तला बिक्री गर्न सफल भएको ज्ञान केन्द्रले जनाएको छ ।

यो वर्ष सुन्तला उत्पादन हुने क्षेत्र बढेको र उत्पादन पनि बढेकाले किसानले गत वर्षभन्दा बढी रकम जिल्लाका किसानले आम्दानी गरेको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । पाल्पा जिल्लाका ६ पालिकामा व्यवसायिक रुपमा सन्तला खेती हुने गरेको छ । उहाँले भन्नुभयो, ‘यो वर्ष सुन्तला उत्पादन हुने क्षेत्र बढेको र सुन्तला पनि राम्रो फलेकाले गत वर्षभन्दा बढी मुल्यको सुन्तला बिक्री भयो ।’

यो वर्ष जिल्लाभर एक हजार १३० हेक्टर क्षेत्रफलमा नौँ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । जबकी गत वर्ष एक हजार ११५ हेक्टर क्षेत्रफलमा आठ हजार ८६१ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

यस वर्ष पाल्पाका किसानले बोटमै प्रतिकेजी ५२ रुपियाँ सुन्तलाको मुल्य पाएको कृषि प्राविधिक बताउँछन् । यस वर्ष सुन्तलाका दाना साना भएपनि बोटमा फल धेरै लागेको र सुन्तलाका दाना रसिला र गुलिया रहेको किसानको दावी छ ।

पाल्पाका सुन्तला किसानहरुले वार्षिक प्रतिव्यक्ति दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको रैनादेवी छहरा–४, सुन्तलाबासका किसान नित्यानन्द पोखरेलले बताउनुभयो । छहरामा एक सयदेखि सात सयसम्म सुन्तलाका बोट लगाइ त्यसबाट हरेक वर्ष प्रतिफल लिने किसान रहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय यहाँका किसानलाई सुन्तलाको बजार खोज्न समेत समस्या छैन । सुन्तला खोजी गरेर सुन्तला पाक्न लागेका बेलामा सुन्तला किन्ने व्यापारी घरमै आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय