LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको न्यू एकेडेमी इङलिश बोर्डिङ स्कुलको २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका नगर उपप्रमुख बिना रानाले न्यू एकेडेमी बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई लक्षित गरेर नयाँ नयाँ योजनाहरु ल्याएको बताउँदै त्यसबाट विद्यार्थीको अध्ययनका साथै अन्तरनिहीत क्षमता बृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले यो विद्यालयले आधुनिक संरचनासंगै समय अनुकूलको पढाईमा समेत ध्यान दिएको बताउँदै विद्यार्थीको भविष्य उज्वल बनाउन विद्यालयले दिएको योगदान उदाहरणीय छ भन्नुभयो ।
कार्यक्रममा अध्यक्षको मन्तब्य ब्यक्त गर्दै न्यू एकेडेमी इङलिश बोर्डिङ स्कुल अध्यक्ष मिनप्रसाद पौडेलले स्कुलले पढाईका साथै विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटनका विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउँदै स्कुलले दिने नतिजा यस क्षेत्रमै अब्बल रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा स्कुल व्यवस्थापन समितिका सदस्य तथा दिप बोर्डिङ स्कुल बुटवलका प्राचार्य टिकाराम न्यौपाने, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्दै न्यू एकेडेमी बोर्डिङ स्कुल सैनामैना क्षेत्रकै गहना भएको बताउँदै यसको भविष्य उज्वल रहेको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक प्रस्तुती दिनुका साथै विज्ञान प्रदर्शनी तथा फुड फेस्टिबलको आयोजना समेत गरिएको थियो ।
स्कुलका प्रिन्सिपल टोपलाल भट्टराईले स्कुलको शैक्षिक कार्ययोजना र गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने स्कुलमा लामो समयदेखि योगदान दिएका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय