LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको न्यू एकेडेमी इङलिश बोर्डिङ स्कुलको २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका नगर उपप्रमुख बिना रानाले न्यू एकेडेमी बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई लक्षित गरेर नयाँ नयाँ योजनाहरु ल्याएको बताउँदै त्यसबाट विद्यार्थीको अध्ययनका साथै अन्तरनिहीत क्षमता बृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले यो विद्यालयले आधुनिक संरचनासंगै समय अनुकूलको पढाईमा समेत ध्यान दिएको बताउँदै विद्यार्थीको भविष्य उज्वल बनाउन विद्यालयले दिएको योगदान उदाहरणीय छ भन्नुभयो ।
कार्यक्रममा अध्यक्षको मन्तब्य ब्यक्त गर्दै न्यू एकेडेमी इङलिश बोर्डिङ स्कुल अध्यक्ष मिनप्रसाद पौडेलले स्कुलले पढाईका साथै विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटनका विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउँदै स्कुलले दिने नतिजा यस क्षेत्रमै अब्बल रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा स्कुल व्यवस्थापन समितिका सदस्य तथा दिप बोर्डिङ स्कुल बुटवलका प्राचार्य टिकाराम न्यौपाने, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्दै न्यू एकेडेमी बोर्डिङ स्कुल सैनामैना क्षेत्रकै गहना भएको बताउँदै यसको भविष्य उज्वल रहेको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक प्रस्तुती दिनुका साथै विज्ञान प्रदर्शनी तथा फुड फेस्टिबलको आयोजना समेत गरिएको थियो ।
स्कुलका प्रिन्सिपल टोपलाल भट्टराईले स्कुलको शैक्षिक कार्ययोजना र गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने स्कुलमा लामो समयदेखि योगदान दिएका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय