LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

इलाका प्रहरी कार्यालय खिलतपुर दाङले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम ¥याली तथा कोणसभा गरि सम्पन्न गरिएको हो ।

बढ्दो लागूऔषध नियन्त्रणका लागि विद्यार्थी मार्फत सचेतनामुलक कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल विरवहादुर घर्तीले बताउनुभयो ।
युवाहरु लागू औषध दुव्र्यसनीमा दिन प्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उहाँले बताउनुभयो ।

किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न आवश्यक रहेको घर्तीले बताउनुभयो । विद्यालयबाट सुरू गरिएको सचेतनामूलक ¥याली रगैजा बजारमा आई कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्रवहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमवहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे, विद्यालयका प्रिन्सीपल वीरवहादुर घर्ती र विद्यार्थीहरु लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय