LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इलाका प्रहरी कार्यालय खिलतपुर दाङले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम ¥याली तथा कोणसभा गरि सम्पन्न गरिएको हो ।

बढ्दो लागूऔषध नियन्त्रणका लागि विद्यार्थी मार्फत सचेतनामुलक कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल विरवहादुर घर्तीले बताउनुभयो ।
युवाहरु लागू औषध दुव्र्यसनीमा दिन प्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उहाँले बताउनुभयो ।

किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न आवश्यक रहेको घर्तीले बताउनुभयो । विद्यालयबाट सुरू गरिएको सचेतनामूलक ¥याली रगैजा बजारमा आई कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्रवहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमवहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे, विद्यालयका प्रिन्सीपल वीरवहादुर घर्ती र विद्यार्थीहरु लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय