LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा उसले बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

जितका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए ।

यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ४१ ओभरमा ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रनको सामान्य लक्ष्य खडा गरेको थियो ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय