LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ९ मा स्थापना भएको कालिका युवा क्लवले महाशिवरात्री पर्व विशेष कार्यक्रम गर्ने भएको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गरौं भन्ने नारा र अभियानका साथ क्लवले शिवरात्री विशेष नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

आगामी फागुन १४ गते महाशिवरात्रीको दिन हुने उक्त कार्यक्रम सैनामैना ९ स्थित गणेश मन्दिरको प्रांगणमा हुने क्लवले जनाएको छ ।

सांगीतिक कार्यक्रममा गायक भीष्म अर्याल, आर्यन भण्डारी, सुमित भट्टराई, अमृत सुनार, सागर लिन, मोडेल तथा डान्सर सन्ध्या सुनार, गायिका बसन्ता खनाल, ¥यापर मिस्टर पाण्डेको विशेष प्रस्तुती रहने भएको छ ।

त्यसैगरी कार्यक्रममा होस्टको रुपमा सागर लम्साल र दिपेश चापागाई अर्गनाईजरको रुपमा रहनुहुने आयोजक कालिका युवा क्लबले जनाएको छ । सांगीतिक कार्यक्रमका साथै लाईभ दोहोरीको मज्जा समेत लिन पाईने क्लवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय