LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपाल नगर कार्यसमिति सैनामैना रुपन्देहीको तेश्रो बार्षिक साधारण सभा तथा नगरस्तरीय महिला लोकभजन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सनातन धर्मको प्रर्वद्धन गर्नका लागि हाम्रा परिवार, नानी बाबुहरुको संस्कार र संस्कृतिलाई सुसज्जित गर्नका लागि यस प्रकारका धार्मिक कार्यक्रम अत्यन्त सराहनीय रहेको बताउनुभयो । उहाँले सैनामैनामा भैरहेका धार्मिक सम्वन्धि गतिविधिले हाम्रो मनभित्र रहेका बिकार र विसंगति अन्त्य गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले महिला दिदी बहिनीहरुले मौका पाएको खण्डमा धेरै राम्रा काम गर्न सक्छन भन्ने कुरा वडास्तरीय महिला लोकभजन र चुटका प्रतियोगिताले स्पष्ट गरेको बताउनुभयो ।

लोकसंस्कृतिको संरक्षण, युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण भन्ने नाराका साथ सुरु भएको साधारण सभा तथा भजन प्रतियोगिताको अवसरमा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतले बोल्दै लोक संस्कृति संरक्षणमा यस प्रकारको भजन प्रतियोगिताले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपाल नगर कार्यसमिति सैनामैना रुपन्देहीका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभा तथा भजन प्रतियोगितामा स्वागत उपाध्यक्ष बिशाल पोखरेलले गर्नुभएको थियो भने संचालन राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठान नेपाल नगर कार्यसमिति सैनामैनाका संयोजक बिष्णु घिमिरे र सचिव सुमित्रा भट्टराईले गर्नुभएको थियो ।

साधारण सभाकै अवसरमा भजन मण्डली सैनामैना ४ को आयोजनामा भएको महिला भजन प्रतियोगितामा राधाकृष्ण महिला भजन समूह सैनामैना १० प्रथम, संगम महिला भजन समूह सैनामैना २ दोश्रो तथा चेतनशील महिला भजन समूह सैनामैना ५ तेश्रो भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय