LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेकपा माओवादी केन्द्र सैनामैना नगरको तेस्रो अधिवेशनबाट मान बहादुर महत (नारायण) अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा दिपक भण्डारी, तेजनारायण सुवेदी, सुमित्रा पराजुली, सचिव पदमा राजेन्द्र घिमिरे, सहसचिवमा सन्तोष परियार र कोषाध्यक्ष पदमा माया रसाइली सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

अधिवेशनले ५५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
निर्वाचित पदाधिकारीले आगामी दुई वर्षसम्म सैनामैनामा पार्टीको नेतृत्व गर्नेछन ।
त्यसअघि अधिवेशनको विहिवार नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन् अनन्तले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बोल्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा सर्वसम्मत रुपमा हुने नेतृत्व चयनले ठूलो महत्व राख्ने बताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन अभियानलाई सुदृढीकरण गर्न निर्देशन समेत दिनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि मानवहादुर महत (नारायण) ले आफ्नो नेतृत्वमा सैनामैनामा पार्टीलाई सशक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय