LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपालको शिक्षालाई डिजिटल रुपान्तरणको अभियानमा लैजाने गरि सरोकारवालाहरुलाई नबिनतम जानकारी दिने गरि बुटवलमा शनिबार बुटवल कन्फ्रेन्स हुने भएको छ ।

नेपाल स्टिम एलायन्सको आयोजनामा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने ‘स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने बुटवल कन्फ्रेन्स हुन लागेको हो ।
कन्फ्रेन्समा सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा कक्षा १० देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने बताइएको छ ।
यस क्षेत्रका विद्यालयहरुको अवस्था मुल्याकन गरि चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उहाँले दाबी गर्नुभयो ।
विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नयाँ सीप सिक्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय