LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपालको शिक्षालाई डिजिटल रुपान्तरणको अभियानमा लैजाने गरि सरोकारवालाहरुलाई नबिनतम जानकारी दिने गरि बुटवलमा शनिबार बुटवल कन्फ्रेन्स हुने भएको छ ।

नेपाल स्टिम एलायन्सको आयोजनामा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने ‘स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने बुटवल कन्फ्रेन्स हुन लागेको हो ।
कन्फ्रेन्समा सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा कक्षा १० देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने बताइएको छ ।
यस क्षेत्रका विद्यालयहरुको अवस्था मुल्याकन गरि चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उहाँले दाबी गर्नुभयो ।
विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नयाँ सीप सिक्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय