LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने दावी गर्नुभएको छ ।
शनिबार काठमाण्डांमा आयोजित एक कार्यक्रममा पार्टी कार्यकतालाई सम्बोधन गर्दै गगन थापाले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने जिकिर गर्नुभयो । संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नैपर्ने गगन थापाको भनाई छ ।
‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन नगरिकन पाइँदै पाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ,’ महामन्त्री थापाले भन्नुभयो– ‘अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’
महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिनुभयो । समयमै गर्ने गरी आफूहरूले मिहिनेत गरिरहेको उहाँको भनाई छ ।
महामन्त्री थापाले केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भएपनि त्यसमा आशंका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८३ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, केही साना दलसँग एकता गरेर अधिवेशन लम्ब्याउन सक्ने भन्दै कांग्रेस नेताहरू शशंकित छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय