LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

साउदी अरवको पश्चिम क्षेत्र जिजान आरामको रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । माघ १४ मा सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको थियो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार मृत्यु हुने नेपाली श्रमिकमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना रहेका छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ जना भारतीय र तीन जना घानाका नागरिक रहेका थिए ।

२६ जना श्रमिक सवार भ्यान र ट्रेलर एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको जिजानको बाइस अस्पतालमा उपचार भइरहेको छ । ती श्रमिक अरबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पाेरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय