LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

भौगोलिक रूपमा विकट बाग्लुङको पर्यटकीय क्षेत्र ढोरपाटन तराईसँग जोडिएको छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटकलाई अहिले कच्ची सडकमा भए पनि गाडीको सुविधा छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको हो । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने स्थानीयवासीमा अपेक्षा बढेको छ ।

२०६७ सालदेखि शुरू भएको सडक आयोजनाको काम सुस्त छ । तर ढोरपाटन तराईसँग सीधा जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङ गरी पाँच वटा जिल्लालाई छिचोल्दै ढोरपाटन जोडिएको हो ।
सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको सडक बाग्लुङमा मात्रै ६१ किलोमिटर पर्छ ।
बाग्लुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकासँग जोडेको यो सडकले भारतीय पर्यटक भित्राउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा पुग्ने ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले बताउनुभयो ।
ढोरपाटनमा वर्षेनि करोडौंको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पु¥याउन समस्या हुँदै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय