LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ स्कुलको आयोजनामा जिल्लास्तरीय अन्तर विद्यालय आधुनिक गायन प्रतियोगिता ‘दीप गायन तारा’ को बाह्रौंं संस्करण यही माघ २५ र फागुन ५ गते हुने भएको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताउनुभयो ।
प्रतियोगितामा ४० जना भन्दा बढीले विद्यार्थीले भाग लिनेछन् । प्रतियोगिताको पहिलो चरण माघ २५ र अन्तिम चरण फागुन ५ गते हुने छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राख्दै आएका कारण दीप गायन तारालाई निरन्तरता दिन सकिएको बताउनुभयो ।

प्रतियोगिताबारे जानकारी गराउन शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य न्यौपानेले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि पहिलो चरणमा प्रतियोगीले ट्रयाकबिना गीत गाउनु पर्ने छ भने यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनोट गरिने छ । दिप गायन तारा १२ औं संस्करणका संयोजक श्याम बस्यालले दिप गायन तारामार्फत अहिलेसम्म राष्ट्रिय स्तरका कलाकार उत्पादन गर्न सक्षम भएको बताउँदै माघ २५ देखि सुरु हुने प्रतियोगितामा भाग लिन विद्यार्थीहरुसंग आग्रह गर्नुभयो ।

अहिलेसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी र रिदिमा सिंजाली गरी ११ जना विद्यार्थीहरु दीपगायन तारा बन्न सफल भएका छन् । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भएको विद्यालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय