LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा राष्ट्रपतिबाट मनोनित भएका सांसद तथा नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको दावी गर्नुभयो ।
गौतमले भन्नुभयो– समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेरै उहाँले समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ भन्नुभयो ।
गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दावी समेत गर्नुभयो । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उहाँको भनाइ थियो ।
सांसद गौतमले फरक–फरक सिद्धान्त बोकेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर खिचडी राजनीतिक गरिरहेको समेत दावी गर्नुभयो ।
उहाँले फरक सिद्धान्त बोकेका पार्टीको खिचडी राजनीति बहिष्कार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
केही समयदेखि अध्यादेशले राजनीतिक माहौल बनेकोप्रति टिप्पणी गर्दै उहाँले आफू अध्यादेश पक्षधर पनि नभएको र विपक्षमा पनि नलागेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय