LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । आइतबार गृह जिल्ला लमजुङमा प्रेस चौतारी नेपाल लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको उदघाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधेयक ल्याइएको प्रष्ट पार्नुभयो ।
“प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यता अनुसार चलिरहेको छ तर अनलाइन मिडिया त्यो अनुरुप चलेको छैन । त्यसको नियमन आजको चुनौती हो” उहाँले भन्नुभयो ।
नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधेयक ल्याएका हौं” सञ्चारमन्त्री गुरुङले भन्नुभयो– “विधेयक ल्याएपछि नेपाल पत्रकार महासंघ लगायतका संस्थाले विरोध गरिरहेको छ । विरोध गर्नुपर्ने त्यस्तो कारण केही लाग्दैन ।”
मन्त्री गुरुङले अराजकतावादले लोकतन्त्र बलियो हुन सक्दैन भन्दै उच्छृङ्खलवादले लोकतन्त्र बलियो हुँदैन भन्नुभयो । उहाँले समाजमा हिंसा फैलाउने कुरा, अफवाह फैलाउने कुरा, जातीय हिंसा फैलाउने कुराको नियन्त्रण हुन जरुरी छ भन्नुभयो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण ऐन बनाएर लागु गर्नु सञ्चार मन्त्रालयको ऐतिहासिक र युगीन काम भएको दावी गर्नुभयो । उहाँले दक्षिण एसियामा भारतपछि नेपालले यो काम गरेको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले ल्याएको अध्यादेशको विषयवस्तुप्रति कसैले पनि विरोध गर्न नसकेको बताउनुभयो ।
सरकारले संसदबाट विधेयक पास गराएर अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले सरकारले ल्याएको नयाँ विधेयकले पुराना नीति तथा ऐनहरु परिवर्तन गर्न आवश्यक भएकाले अबका दिनमा शासकीय प्रणालीमा व्यापक सुधार आउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय