LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु् भएको छ ।
श्रीपञ्चमी अर्थात सरस्वती पुजाका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुुलद्वारा आज काठमाण्डौंमा आयोजित ‘युवा अन्तक्र्रिया कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गर्नुभयो ।
उहाँले विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् भन्दै अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ भन्नुभयो ।
प्रधानमन्त्ती ओलीले हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ भन्दै अव देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुुपर्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनैपनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव समेत दिनुभयो ।
विद्यार्थीहरु अरुको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउन लाग्नुुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको पनि बताउनुभयो ।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारत लगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउनु भयो ।
नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठुलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्नो ठूलो सपना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय