LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाई सिपसँग जोड्नका लागि लुम्बिनी प्रदेश सरकार लागिपरेको भन्दै शिक्षाको अवसरबाट कोही पनि बञ्चित हुने अवस्था नहोस भन्नेमा आफू सचेत रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, शिक्षा तालिम केन्द्र लुम्बिनीका प्रमुख दिवाकर भण्डारी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशकै उत्कृष्ट विद्यालय भएतापनि विद्यार्थी संख्याका आधारमा दरबन्दीको अभाव रहेको भन्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ५० जना शिक्षक कर्मचारी, १ जना सेवा निवृत शिक्षक, ७ जना समाजसेवी, १९ जना उत्कृष्ट अभिभावक र १० जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्यले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए । विद्यालयमा हाल करिव ६३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय २९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय