LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

ब्रिटिस एजुकेसन ग्रुप रुपन्देहीको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा) नयाँ विद्यार्थीहरुको अक्षारम्भ सँगसँगै साहित्यिक महोत्सव सम्पन्न गरिएको छ ।
वरिष्ठ लेखक तथा साहित्यकार जँगबहादुर शाहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीसँग अन्तरक्रिया र छलफल गरेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका, लेखककार बन्न आवश्यक कुरा तथा कर्महरु, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन, कला शीर्षकमा साहित्यकार र विद्यार्थीबिच परिचर्चा कार्यक्रम गरिएको व्यवस्थापक उमेश कँडेलले जानकारी दिनुभयो ।
नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रशान्त चौधरी, कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्याल र प्राइमरी तहका ३२ जना विद्यार्थीको संयुक्त पुस्तकको विमोचन र उक्त पुस्तकहरुको समीक्षा समेत महोत्सवमा गरिएको छ ।
कार्यक्रममा लेखक र बाल साहित्यकारका बिच अन्तरक्रिया गरि छलफल चलाइएको कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । साहित्यिक महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी गरिएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय