कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १ विरपुरमा नव दिवसिय अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ सोमबारदेखि सुरु भएको छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा सुरु भएको ज्ञानयज्ञ नौ दिनसम्म चल्ने छ ।
सोमबार महासंकल्पपछि ९ दिनसम्म नै पण्डितले अनुष्ठानको कार्य गर्नु हुने भएको छ । ज्ञानयज्ञको अवसरमा सोमबार बिहान १० बजेर २४ मिनेटमा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम सम्पन्न भएको छ । यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १० बजेर ४० मिनेटबाट सुरु हुने गरेको छ ।



राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम भैरहेको आयोजकले जनाएको छ । यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य विष्णुप्रसाद ज्ञवालीबाट श्रीमद्भागवत तथा कथा प्रवचन भैरहेको छ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने यज्ञ सम्पादन मुल समितिका संयोजक इश्वरी प्रसाद पौडेलको साझा टिभिलाई जानकारी गराउनु भयो ।




