LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० एकला पहाडस्थित खोरमोर नदी उकास क्षेत्रमा फोहर प्रशोधन केन्द्र निर्माणको कामले अव गति लिने भएको छ ।
सैनामैना नगरपालिकाको अग्रसरतामा ६ बर्षअघि फोहर प्रशोधन केन्द्र वनाउन प्रकृया थालिएको थियो तर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिन ढिलाई गरेपछि निर्माणको काम रोकिएको थियो ।
पछिल्लोपटक मंगलवार नेपाल सरकार मन्त्रिपरिषद बैठकले सैनामैना १० एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३ दशमलव ५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेपछि अव फोहर प्रशोधन केन्द्र निर्माणको बाटो खुलेको हो ।
सैनामैनाका निवर्तमान नगर प्रमुख चित्रवहादुर कार्कीको पालामै यो योजना अघि बढेको हो ।
खोरमोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले ६ बर्षअघि सम्झौता गरि काम अघि बढेको थियो । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले रुपन्देहीको मात्र नभै नवलपरासी र कपिलवस्तुको समेत फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले आधुनिक फोहोर व्यवस्थापन केन्द्र रुपन्देही जिल्लालाई आवश्यक थियो र त्यो आवश्यकतालाई बुझेर सरकारले जग्गा दिने निर्णय गरेको बताउनुभयो । उहाँले भोलीको दिनमा रुपन्देही जिल्लालाई शून्य फोहोर व्यवस्थापनको अवधारणा छ, त्यसलाई सजिलै साकार पार्न सकिने बताउनुभयो ।

फोहोर प्रशोधन केन्द्रमा बायोग्याँस उत्पादन गर्ने, प्लाष्टिक दाना उत्पादन गर्ने र कम्पोष्ट मल बनाउने गरि योजना अघि बढाउने योजना छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सरकारले जग्गा प्रयोग गर्न दिने निर्णय गरेकोले अव फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने बताउनुभयो । उहाँले सैनामैनासंगै रुपन्देही जिल्लाकै फोहोर प्रशोधन गरेर सैनामैना नगरपालिकाले आम्दानी लिन सक्ने बताउँदै अव यसलाई कुन मोडेलमा कसरी निर्माणको काम अघि बढाउने भन्ने बिषयमा संघीय सरकारका प्रतिनिधि र कन्सल्टेन्टहरुसंग बसेर परामर्श गर्ने बताउनुभयो ।

फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी क्षेत्र समेत ईच्छुक रहेको बताइएको छ । सालझण्डीको सितलापुर लोकमार्गदेखि सात किलोमिटर उत्तरमा रहेको उक्त क्षेत्रसम्म पुग्ने सडक ग्राभेल गर्ने काम सम्पन्न भैसकेको छ ।
फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्याँकन स्वीकृत भैसकेको छ ।
बजार क्षेत्रबाट करिव ६ किलोमिटर टाढा जंगल क्षेत्रमा फोहोर व्यवस्थापनको आयोजना क्षेत्र भएकोले वातावरण प्रदुषणको समस्या नहुने भएकोले यो आयोजना दिर्घकालीन हुने सैनामैना नगरपालिकाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय