LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा ठाउँको जङ्गलमा डढेलो लाग्यो । यस्तै बझाङमा ७ वटा ठाउँमा डढेलो लागेको छ । आज पनि देशका १० वटाभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको विभागको डढेलो अनुगमन प्रणालीले देखाएको छ ।
बितेको एक हप्तामा मनाङको तिमाङ जङ्गल, दोलखाको गौरीशङ्कर, सिन्धुपाल्चोकको भोटेकोशी, गोरखाको धार्चे, धादिङको रुबी उपत्यका, जाजरकोटको नलगाड, डोल्पाको जगदुल्ला, बझाङको साइपाल लगायतका जङ्गलमा निकै ठूला डढेलोका घटना देखिएको वन तथा भू–संरक्षण विभाग अन्तर्गत वन डढेलो नियन्त्रण कक्षका फरेस्टर प्रकाश मल्लले बताउनुभयो ।
यसपालि हिउँदे वर्षा कम भएकोले डढेलोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँदमा औसत वर्षाको झन्डै १० प्रतिशतमात्रै पानी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय