LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना व्यापार संघ रुपन्देहीको आठौं साधारण सभा बुधबार सम्पन्न भएको छ । त्यसअघि साधारण सभाको एक समारोहका बीच बुधबार उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले संगठनको हकहितका साथसाथै मुलुक निर्माणमा समेत उद्योगी व्यवसायीले योगदान दिन आग्रह गर्नुभयो । उहाँले आठौं साधारण सभा सम्पन्न भैरहँदा अर्को बर्ष हुने नवौं साधारण सभाले नयाँ योजनाहरु र नयाँ नीतिहरु लिएर आउने छ भन्ने शुभकामना दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले अत्यन्त सहजरुपमा व्यवसाय नविकरण गर्ने वातावरण वनाउने गरि व्यवसायीको मन जित्ने काम गर्न व्यापार संघसंग आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुको धैरै खालको समस्याहरु रहेकोले ती व्यवसायीका समस्यालाई मसिनो ढंगले बुझेर सम्वन्धित स्थानमा व्यवसायीका मुद्दाहरु पु¥याउने र समाधान गर्ने सफलता मिलोस भन्ने शुभकामना दिनुभयो ।

सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र न्यौपाने, लुम्बिनी प्रदेश चेम्बरका महासचिव शिव ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष सुरेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संघका उपमहासचिव गोविन्द पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक साधारण सभाको अवसरमा संचार क्षेत्रबाट योगदान पु¥याएको भन्दै साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी र रेडियो टाईम्सका प्रवन्ध निर्देशक नरेश चौधरीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी खेल क्षेत्रबाट योगदान पु¥याएको भन्दै कृष्ण श्रेष्ठ (काले कृष्ण) लाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरि कोषाध्यक्षको प्रतिवेदन पुष्पा आचार्यले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष देवीदत्त सुबेदीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय