LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका १ रानिबगियास्थित श्री सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयमा संघीय संसद नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा भएको नमूना संसद अभ्यास कार्यक्रममा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिइएको थियो भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको काम कारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ ३ दिवसिय कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिएका थिए ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले नमूना संसद अभ्यास कार्यक्रमले विद्यार्थीहरुमा राजनीतिक चेतनामा बृद्धि हुनुको साथै संसदमा सांसदहरुले कसरी जनताको समस्याउठाउने रहेछन भन्ने कुराको जानकारी हुने भएकोले नमूना संसद अत्यन्त उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।

सांसदको भूमिकामा रहेका विद्यार्थीहरुले पछिल्लोसमय चर्चामा रहेको सामाजिक सञ्जाल विधेयक, वार्षिक नीति तथा कार्यक्रम, बजेट, लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब दुई सयजना विद्यार्थीहरुको सहभागीतामा सम्पन्न नमूना संसद अभ्यास कार्यक्रम विद्यालयको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य नेत्रलाल पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबलाल बस्यालको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन संयोजक लता खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय