LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई डुबाउने खेलमा सत्तापक्षका नेताहरु लागेको आरोप लगाउँदै त्यस्तो भएमा आफूहरुले प्रतिरोध गर्ने दावी गर्नुभयो ।

प्रचण्डले भन्नुभयो– ‘अझैपनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको भन्दै देख्छु । सम्मानित संसदमै म फेरि एक पटक दोह¥याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ । तपाईँहरू देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौँ । शहीदका सपना र सङ्कल्पतिर फर्किसक्यौँ’ ।

अध्यक्ष प्रचण्डले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विश्वास डगमगाएको दावी गर्दै त्यस्तो होइन भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्नुभयो ।
उहाँले अब विपक्षीको डरले एक अर्काको कुर्सी मिलाउन नलाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले ०८४ पछि माओवादीले सरकार बनाउने दावी गर्दै अरुको बैशाखीमा होइन अब आफ्नै सामथ्र्यमा सरकार बनाउने दाबी गर्नुभयो ।
प्रचण्डले भन्नुभयो – सरकारको खेलमा हामी छैनौँ तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौँ ।’ ‘प्रचण्ड’ ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताउँदै राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय